नेपालको स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण

डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्यो । यसका लागि सातै प्रदेशका ५४ स्थानीय तहमा ७० पर्यवेक्षक परिचालन गरिएका थिए । राजनीतिक वातावरण, निर्वाचन आयोगको तयारी, उम्मेदवार छनोट तथा मनोनयन, प्रचारप्रसार, मतदाता शिक्षा, मतदान प्रक्रिया, मतगणना लगायतका पक्षलाई पर्यवेक्षण गर्यो । मतदानमा खटिएका कर्मचारीमा पर्याप्त तालिमको अभाव र मतदाता नामावली तथा परिचयपत्रमा त्रुटि हुनाले मतदान अव्यवस्थित भएको थियो । त्यस्तै मतदाता शिक्षासम्बन्धी कार्यक्रमको अभाव र जटिल मतपत्रले गर्दा धेरै मत बदर भए । मतगणना कर्मचारीको कमी र तिनमा मतगणनाबारे अस्पष्ट बुझाइको कारणले मतगणना सुस्त भयो ।