हाम्रो बारेमा
सन् २०१४ मा स्थापित डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) सामाजिक र राजनीतिक विषयमा अध्ययन-अनुसन्धान गर्ने राष्ट्रिय गैर-सरकारी संस्था हो। स्थापनाकालदेखि यस संस्थाले नेपालको संक्रमणकालीन राजनीतिमा संघीयता कार्यान्वयनको प्रक्रिया, स्थानीय तह पुनःसंरचना, निर्वाचन पर्यवेक्षण, जस्ता विषयमा स्थलगत र तथ्यमा आधारित अध्ययन-अनुसन्धान गरेको छ। डीआरसीएनले अध्ययन-अनुसन्धानका निष्कर्ष सरोकारवालाहरूसँग प्रस्तुत गर्ने, छलफल र बहस पनि चलाउने गरेको छ। यस्ता अनुसन्धान कार्य र बहसमार्फत नेपालको संघीय संरचना अन्तर्गत प्रभावकारी शासन पद्धतिको प्रवर्द्धन गर्नु डीआरसीएनको लक्ष्य हो ।
लक्ष्य र दीर्घकालीन सोच
डीआरसीएनको लक्ष्य भनेको वस्तुगत र प्रमाण-आधारित अनुसन्धान, स्थानीय पर्यवेक्षण र निष्पक्ष रिपोर्टिङका साथसाथै सरोकारवालाहरू बीच नीतिगत छलफललाई बढावा दिँदै नेपालको संघीय संरचना अन्तर्गत प्रभावकारी शासन पद्धतिको प्रवर्द्धन गर्नु हो।
डीआरसीएनको दीर्घकालीन सोच भनेको समावेशी र सामाजिक न्यायको मूल्यमा आधारित लोकतान्त्रिक समाज हो।
डीआरसीएनले निम्न घटना र प्रक्रियाहरूलाई पर्यवेक्षण गरेर अनुसन्धान प्रतिवेदन र रिपोर्टिङ तयार पारेको छ:
- संविधान मस्यौदा अवधि (वि.सं. २०७१- २०७२)
- भूकम्प पुनर्निर्माण प्रक्रिया र विपद व्यवस्थापन (वि.सं. २०७२ – हालसम्म)
- स्थानीय-तह पुनर्संरचना प्रक्रिया (वि.सं. २०७३- २०७४)
- स्थानीय‚ संघीय र राष्ट्रिय निर्वाचन (वि.सं. २०७४)
- चुनावी र राजनीतिक हिंसाका घटनाहरू (वि.सं. २०७४-२०७५)
- नेपालको संविधान कार्यान्वयन‚ राजनीति र शासन प्रक्रियाको अवलोकन (वि.सं. २०७२ – हालसम्म)